प्रभु शाह बारा पुगेपछि…. « Khabarhub

प्रभु शाह बारा पुगेपछि….


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपाको विभाजनपछि आफूलाई स्वतन्त्र बताउने गरेका नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् ।

बाराको सिम्रौनगढ र बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए ।

हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरूप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको भन्दै नेता साहले प्रहरीले पाउने कमिसनको व्यवस्था हटाउनुपर्ने बताए ।

कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाई छ ।

आफ्नो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मल खाद्यलगायतका सामान खरिद गरी ल्याउनेहरूको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दु:ख दिने कार्य स्वीकार्य नभएको उनले चेतावनी दिए ।

हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिबास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा पनि नगरवासीको ठुलो सहभागिता रहेको थियो ।

त्यस क्रममा नेता साहलाई स्थानीयले क्षेत्र नं १ बाट चुनाव लड्नसमेत आग्रह गरेका थिए । बाराका क्षेत्र १ को जनता विकासबाट वञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवा वर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ५० बजे

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग