सेनालाई ‘कू’ गर्न दुरुत्साहन गर्दै सुडानमा हजारौँ मानिस सडकमा   « Khabarhub

सेनालाई ‘कू’ गर्न दुरुत्साहन गर्दै सुडानमा हजारौँ मानिस सडकमा  


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानमा विपक्षीहरूले त्यहाँको सेनालाई ‘कु’ गर्न दुरुत्साहन गर्दै सडकमा उत्रिएका छन् । सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौँ प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य ‘कु’को आह्वान गरेका हुन् ।

सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेदार गर्दै आएका छन् ।

यही सेप्टेम्बरमा बसिरका समर्थकहरूले असफल सत्ता पलटको प्रयास गरेपछि तनाव चर्किएको छ ।  सेनाका नेताहरूले बसिरविरोधी प्रदर्शनको नेतृत्व गरेको नागरिक गठबन्धन समूह फोर्सेस अफ फ्रिडम एन्ड चेन्ज (एफएफसी) मा सुधारको माग गरेका छन् । फोर्स संक्रमणकालीन सरकारको साझेदार समेत हो ।

सेनाले पनि क्याबिनेटमा परिवर्तन गर्नुपर्ने माग गरेको छ । तर, नागरिक नेताहरूले सेनाले ‘कु’ को षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।

शनिवार सेनाका समर्थकहरूले सरकार अपदस्थ गर्न त्यहाँका सेना प्रमुख जनरल अब्देल फताह अल बुरहानलाई आह्वान गरेका थिए । ‘हामीलाई सैन्य सरकार चाहिन्छ । वर्तमान सरकारले न्याय र समानता प्रदान गर्न विफल भयो ।’ एक प्रदर्शनकारीले भने ।

शनिवार यसअघिका भएका प्रदर्शनमा जस्तो राष्ट्रपतिको गेटमा सुरक्षा व्यवस्था कडा गरिएको थिएन । प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि खासै उपस्थिति देखिदैनथ्यों ।

यसैबीच, सरकारका समर्थकले पनि बिहीबार प्रदर्शन गर्ने भएका छन् । शुक्रवार मात्र सुडानका नागरिक प्रधानमन्त्री अब्दुल्लाह ह्यामडकले देशको खराब र खतरनाक राजनीतिक संकटसँग जुध्न एउटा योजना सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : ३० बजे

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी