राजमार्ग फराकिलो भएपछि यात्रा सहज « Khabarhub

राजमार्ग फराकिलो भएपछि यात्रा सहज


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ ।

विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका लागि ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उनले बताए ।

घुम्तीहरू फराकिलो बनाउनका लागि यसवर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा संघीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उनले बताए । राजमार्गका साथै ग्रामिण सडकहरू समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने भट्टले बताए ।

सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएका छन् । राजमार्गका घुम्तीहरू फराकिलो बनाइएपनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ३ : ३० बजे

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग