राजमार्ग फराकिलो भएपछि यात्रा सहज | Khabarhub Khabarhub

राजमार्ग फराकिलो भएपछि यात्रा सहज


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ ।

विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका लागि ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उनले बताए ।

घुम्तीहरू फराकिलो बनाउनका लागि यसवर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा संघीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उनले बताए । राजमार्गका साथै ग्रामिण सडकहरू समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने भट्टले बताए ।

सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएका छन् । राजमार्गका घुम्तीहरू फराकिलो बनाइएपनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ३ : ३० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र