आलु उत्पादन बढेपछि कृषक फुरुङ्ग « Khabarhub

आलु उत्पादन बढेपछि कृषक फुरुङ्ग


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसँगै कृषको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेकी थिइन् । गत साता आलु खन्दा २० मुरी आलु जम्मा गरिन् ।

सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीको रुपमा आलु खेती गर्दै आएका छन् । वितगका वर्षहरूमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमि आएको स्थानीय उटुक शेर्पाले बताए ।

आलुको भण्डारणको रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बिउको अभाव भएको थियो । बिउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बिउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताइन् । तर, गत वर्ष भन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ रहेको छ ।

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मंसिरको तोस्रो सातादेखि कृषकहरूले याङमादेखि दुई दिन याकमार्फ ढुवानी गरेर चेनेसम्म पुर्‍याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ ।

आलु बिउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकै लागयतका अन्न बोकेर दुई चार दिन पैदल यात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछ । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमि आएसँगै आलुको त्यती व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षहरूमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

तर, यी क्षेत्रहरूमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक संकलन नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखाका प्रविधिक सहायक ओम प्रकाश शर्माले बताए । न्यूज कारखाना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : २० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको