प्रचण्डले अस्पताल पुगेर वैद्यको स्वास्थ्य लाभको कामना गरे | Khabarhub Khabarhub

प्रचण्डले अस्पताल पुगेर वैद्यको स्वास्थ्य लाभको कामना गरे


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : १४ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र