प्रचण्डले अस्पताल पुगेर वैद्यको स्वास्थ्य लाभको कामना गरे « Khabarhub

प्रचण्डले अस्पताल पुगेर वैद्यको स्वास्थ्य लाभको कामना गरे


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : १४ बजे

के छ स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना