नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा १२ जना घाइते


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

भाल्चेदेखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नम्बर बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेको उद्धारगरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ ।

उनले भने, ‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्धारको काम भइरहेको छ ।’

घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे