बाढीले डाइभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले डाइभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बुटवल– अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो ।

आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए ।

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ । पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ०५ बजे

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख