बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागू « Khabarhub

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागू


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

जसअनुसार अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै उपत्यका बाहेक अन्य क्षेत्रमा सञ्चाललन हुने सार्वजनिक यातायातले साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

त्यस्तै डिलक्स सहितको सुविधा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक यात्रुवाहक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिनसक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : २१ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना