त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा मन्त्री आले « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा मन्त्री आले


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार उनने विमानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा पुगेका आलेले यात्रुहरुसँग पनि समस्याबारे जिज्ञासा राखेका थिए । निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए।

उनले विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, पसलले यात्रुलाई चिया, कफीमासमेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गरिने बताए ।

काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको विमानले केही यात्रुलाई छाडेको विषयमा निगमसँग स्पष्टीकरण लिने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : १८ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि