नुवाकोट बस दुर्घटना : घाइते एकको मृत्यु, ३४ जना घर फर्किए | Khabarhub Khabarhub

नुवाकोट बस दुर्घटना : घाइते एकको मृत्यु, ३४ जना घर फर्किए


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो ।

३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार गम्भीर अवस्थाका थप नौजनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हुँदै आएको छ । घाइतेमध्ये अन्य ३४ जना उपचारपछि सोमबारै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नंको बस मनकामना आइपुग्दा ब्रेकले काम नगरेसँगै दुर्घटनामा परेको थियो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए । रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ३० बजे

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना