बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा कति भयो क्षति ? « Khabarhub

बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा कति भयो क्षति ?


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् ।

गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।

दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : २५ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले