पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त « Khabarhub

पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले पावेलको निधनले आफू अत्यत्न दुखी भएको बताएका छन् । सन् २००२ मा नेपाल र अमेरिकामा उनीसँग भेटेको पनि देउवाले स्मरण गरेका छन् ।

कोभिड संक्रमणका कारण पावेलको ८४ वर्षको उमेरमा सोमबार निधन भएको उनको परिवारले घोषणा गरेको थियो । उनले पूर्ण खोप लगाएका थिए।

रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ४३ बजे

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब