हिन्दू समूदायको सुरक्षा माग गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

हिन्दू समूदायको सुरक्षा माग गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।

अभियानले बंगलादेशको घटनामा दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।

नेपालस्थित बंगलादेश राजदूतावासमार्फत प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र बुझाउँदै अभियानले बंगलादेशका हिन्दू समुदायको सुरक्षाको माग गरेको हो ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादव नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरीमार्फत प्रधानमन्त्री हसिनालाई ज्ञापनपत्र पठाएको हो ।

‘बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको छ । बंगलादेशमा हिन्दू जनसंख्या र पूजास्थलमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ । बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तिमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ, १७ हिन्दू मन्दिरमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड भएको छ, ज्ञापनपत्रमा भनिएको छ ।

अभियानले जारी हिंसा रोक्ने अभियान चलाउन पनि बंगलादेश सरकारसँग माग गरेको छ ।

अभियानले बुझाएको ज्ञापनपत्र

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ५७ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं