‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’ | Khabarhub Khabarhub

‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिए । उनका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।

ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट धामधाम जानकारी आइरहेको उनले बताए । “किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ,” उनले भने, “धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।”

वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उनले बताए । विगत वर्षहरुमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो । वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको उनले जानकारी दिए ।

गौरादह नगरपालिका–५ नमूना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनका धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागार्इंले जानकारी दिए । उनले भने, “अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन । पानी यस्तै थप दुई दिन मात्र पर्‍यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो ।”

उनले बेला न कुबेलामा परेको पानी कारण धान किसान ठूलो मारमा परेको बताए । सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ । बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उनको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिकाका किसान मोहन बाँस्तोलाले प्रकृतिले पनि किसानलाई ठगेको गुनासो गरे । उनले दैनिक हूल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाएर पाकेको धानमा पानीले ठूलो क्षति पुगेको जानकारी दिए । “जङ्गली हात्तीबाट रातभर जाग्राम बसेर बचाएको धान बालीलाई प्रकृतिकोपबाट बचाउन सकिएन,” उनले भने, “बेलैमा भोकमरी लाग्ने भयो ।”

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ०० बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको