परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच फोन वार्ता, चीनले थप २० लाख डोज खोप अनुदान दिने « Khabarhub

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच फोन वार्ता, चीनले थप २० लाख डोज खोप अनुदान दिने


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार फोन वार्ता भएको छ ।

वार्ताका क्रममा दुई मन्त्रीहरुबीच सीमा समस्या लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री खड्काले सीमा समस्याका साथै रसुवा र केरुङ नाका सञ्चालनका विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीच व्यापार, कोरोनाविरुद्धको लडाइँ, चीनबाट फर्केका नेपाली विद्यार्थीको समस्या, आर्थिक विकास, चिनियाँ लगानीका आयोजनालगायतका विषयमा छलफल भएको छ । दुबै मन्त्रीहरुले साझा हितका विषयमा सहयोग आदानप्रदान गर्न सहमत भएकोसमेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेका छन् । उनले परराष्ट्र मन्त्री खड्कालाई बेइजिङ भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : २६ बजे

बर्डफ्लु प्रभावित किसानलाई राहत उपलब्ध गराइने

काठमाडौँ– पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा