सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५–२५ लाख उपलब्ध गराउने « Khabarhub

सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५–२५ लाख उपलब्ध गराउने


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५र२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : २० बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय