पाँचथर हत्याले उब्जाएका सातथरी प्रश्न-क्रूर बन्दै समाज | Khabarhub Khabarhub

पाँचथर हत्याले उब्जाएका सातथरी प्रश्न-क्रूर बन्दै समाज


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर हत्या हिंसाका घटना बढेका छन् । पाँचथर भएको हत्याको घटनाले विभिन्न सातथरी प्रश्न उब्जाएको छ । समाज क्रूर बन्दै गएको छ भने, आफन्तभित्रै हत्याको क्रम पनि बढेको छ । सात महिनामा श्रीमती हत्याका ६७ घटना भएको नयाँ पत्रिकामा खबर छ । पत्रिकाले पाँचथर घटनामा उब्जिएका सात कारण निम्न रहेको उल्लेख गरेको छ ।
१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ?
२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?
३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?
४. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ?
५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत
६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा
७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन

त्यस्तै पत्रिकाले क्रूर बन्दै समाज शीर्षकमा अर्को समाचार छापेको छ । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन्।समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन्। ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ।’

गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ। जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन्।

१५ आमाबुबा छोराबाट मारिएका छन्। आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन्। चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ। यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन्।

त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए।

भैरहवा विमानस्थलको रनवे तयार शीर्षकको अर्को समाचारमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ। तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सपन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित समयमै विमानस्थल सञ्चालनमा आउँछ।’ टर्मिनल भवन निर्माणको बाँकी काम र अन्य पूर्वाधारमा अब केन्द्रित हुने उनले बताए। तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग पिच गर्ने काम ६ महिनाअघिदेखि शुरु गरिएको थियो।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : ०३ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन