दाहसंस्कार गर्न लागिएको बालकको शव प्रहरीको नियन्त्रणमा « Khabarhub

दाहसंस्कार गर्न लागिएको बालकको शव प्रहरीको नियन्त्रणमा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउँसो हराएका बालक आइतबार विहान गिनेरी खोलामा मृत फेला परेपछि पानीबाट झिकेर दाहसंस्कारको लागि घरमा राखेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार बालकको गिदेरी खोलामा डुबेर मृत्यु भएको अवस्थामा मृतकका दाजु सुमन चन्द्रबंशीले देखेर पानीबाट झिकी घरमा लगि राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको टोलीले शवको घटना प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि धरान पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ३० बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र