उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि « Khabarhub

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो ।

परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको छ । यसअघि सन् २०१६ मा परीक्षण गरिएको उपकरणबाट पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा ऋंख्लाबद्ध रुपमा आणविक परीक्षण गरेको छ । केही साताअघि उसले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्र परीक्षण गरेको पुष्टि गरेको थियो ।

मंगलबारको परीक्षणको समयमा उत्तर कोरियाली नेता किम जोङ उन भने अनुपस्थित थिए । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : १४ बजे

चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा– रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

मुस्ताङ– आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ– चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको