झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध, ३६१ परिवार विस्थापित « Khabarhub

झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध, ३६१ परिवार विस्थापित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अबरुद्ध छ ।

भद्रपुर विमानस्थल पनि सञ्चालनमा आउन सक्ने अवस्था छैन्,’ प्रजिअ तिमिल्सनाले भने, ‘विस्थापितलाई आफन्त, बिद्यालय तथा मन्दिरजस्ता सार्वजनिक स्थलमा राखिएको छ ।’ उनका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ ।

खतराको सीमा पार गरेको कन्काइ माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन् भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् ।

दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रजिअ तिमिल्सनाले जानकारी दिए ।

कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ०१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको