मौसममा सुधार, तत्काल ‘भारी वर्षा’ नहुने (पूर्वानुमानसहित) « Khabarhub

मौसममा सुधार, तत्काल ‘भारी वर्षा’ नहुने (पूर्वानुमानसहित)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिकरूपमा रोकिएको छ ।

आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

यद्यपि आगामी २४ घण्टा प्रदेश नं १,  वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हेर्नुहोस् तीन दिनको पूर्वानुमान

२०७८ कार्तिक ०४ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०५ गते शुक्रबार

दिउँसो : प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०६ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ३२ बजे

नेत्रविक्रम चन्दले गरे मतदान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले मतदान गरेका

हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको