अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।

‘लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला’, गृहमन्त्री खाँणले भने ।

वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ५४ बजे

सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन

काठमाडौं – सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी

कास्की । पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि

जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

दमौली– जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक

कुलमान र हर्कको पक्षमा शीतल निवासमा नाराबाजी (तस्बिरहरू)

काठमाडौँ– अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर