डब्लूएचओले भन्यो ‘अझै एक वर्ष कोभिड महामारी कायमै रहन्छ’ « Khabarhub

डब्लूएचओले भन्यो ‘अझै एक वर्ष कोभिड महामारी कायमै रहन्छ’


४ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो ।

डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताए । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाई छ ।

रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन् । अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् ।

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन् । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ५० बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित