अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ : प्रचण्ड (भिडियो सहित) | Khabarhub Khabarhub

अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ : प्रचण्ड (भिडियो सहित)


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्नेतर्फ गम्भीर नभए मुलुकमा भयावह अवस्था आउने चेतावनी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा  प्रचण्डले  सरकार र सरोकारवालाले यसलाई वेवास्ता गरे  देशमा माओवादी द्वन्द्व भन्दा ठूलो र भयानक अर्को लडाई हुने चेतावनी दिए ।

प्रचण्डले भने,‘माओवादीहरुलाई सिध्याइहालियो भन्ने ठानिएको छ भने त्यो दुर्भाग्यको कुरा हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ ।’

यस्तो छ प्रचण्डको भाषण–

………शान्ति सम्झौताको मर्म अनुसार हामी अगाडि बढेका छौं त ? प्रश्न उठ्न थालेका छन् र मलाई चिन्ता के छ भने हामी यस्तै तरिकाले मर्म विपरित अगाडि बढ्यौं भने समस्या उत्पन्न हुन्छ ।

मैले सुन्दै छु द्वन्द्वकालका प्रहरीमा भएका मुद्दाहरु फटाफट अगाडि बढाउने र पक्राउ गर्न थाल्ने तयारी गरिएको छ । २० वर्षपछि फेरि उही !
शान्ति सम्झौताको मर्म एकातिर छ भावना एकातिर छ त्यस्तो हुने यस्ता कुरामा ध्यानाकर्षण गर्न जरुरी ठानेको छु ।

देशमा द्वन्द्वको स्थिति आउन सक्छ

शान्ति सम्झौतामा हामीजे जे प्रतिज्ञा गर्‍यौं र संविधानसभाबाट संविधान बनाउँदा जे-जति अधिकारहरु प्रत्यायोजन गर्ने कुरा गर्‍यौं त्यसलाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एकचोटी हामीले नचाहँदा नचाहँदै पनि देशमा द्वन्द्वको स्थिति आउँन सक्छ । परिकल्पना गरौं त्यो कति भयानक होला ? अबको नेपालले त्यसलाई धान्न सक्ला त ? तपाईं हामी सबैले गम्भीर भएर विचार गर्नुपर्ने कुरा छ यो ।

हामीले पुरानै संस्कृति, पुरानै संरचना या पुरानै कार्यशैली या भ्रष्टाचारको पुरानै रोगलाई निदान गर्ने परिकल्पना गरेका थियौं । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा फेरि उस्तै कता छुट्यो कता भयो भने हामीले नगरे पनि हामी जहाँ छौं त्यही उभिंदा–उभिंदै पनि मधेशमा एक ढंगले पहाडमा एक ढंगले विकराल स्थिति सृजना हुन सक्छ ।

लडाइँमा सहभागी भएकाले निधार खुम्च्याउनु पर्ने ?

द्वन्द्व भयो भने हिजो जस्तो सजिलै फेरि १२ बुँदे सम्झौता, सजिलै शान्ति सम्झौतमा हस्ताक्षर र फेरि सजिलै देशलाई अघि बढाउने युगान्तकारी परिवर्तन तिर लाने अवस्था नहुन पनि सक्छ ।

हिजो लडाइमा सहभागी, आन्दोलमा सहभागी, हिजो शान्तिप्रकृयामा खुसीयाली मनाउने प्रत्येकले एक पटक फेरि निधार खुम्च्याएर सोच्नुपर्ने अवस्था बन्नु हुँदैन । सुशासन र संवृद्धिको निम्ति शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएको मुलभुत कुराहरुको इमान्दार कार्यान्वय र त्यसको मर्म अनुसार नै कार्यान्वयन तिर अघि बढ्ने कुरा हामी सबैको  ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छु ।

यदि त्यसो गर्न सकिएन र हल्का–फुल्का रुपमा यसलाई लिइएको छ भने अब चाँही देशलाई धेरै गाह्रो पर्न सक्छ फेरि !

हामीले संविधानलाई आत्मसाथ गरेर संविधान अनुसारको ऐन बनाउने कुरा, अनि त्यो ऐनलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने कुरा सबै उपेक्षित र विभेदमा पारिएकालाई सन्तुष्टि दिने कुरा र यो देशको मालिक बनियो भन्ने कुरालाई महसुस गराउने कुरालाई हल्का रुपमा कसैले लिन्छ भने त्यसले दुर्भाग्य निम्त्याउँछ ।

बिस्तारै–बिस्तारै अब माओवादीहरुलाई सिध्याइहालियो भन्ने ठानिएको छ भने त्यो दुर्भाग्यको कुरा हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ । यसमा हामी सबैले यस्तो मञ्चबाट सामूहिक प्रतिवद्धता जनाउनुपर्छ ।

शान्ति सम्झौताको मर्मको कार्यान्वयन संविधानको मर्मलाई त्यसरी नै कार्यान्वय गर्नेतर्फ हामी लाग्यौं भने हामी एकजुट भयौं भने हाम्रो अगाडि ऐतिहासिक अवसर छ ।

ठूला-ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव तुल्याएका छौं । विकास समृद्धि र सामाजिक सहित समाजवादको आधार बनाउने कुरा पनि राष्ट्रिय सहमतिबाट हासिल गर्न सकिन्छ । त्यसैले सहमतिको वातावरण अहिले पनि यो राष्ट्रका लागि जनताको समृद्धिको लागि र यो परिवर्तनलाई संस्थागत गर्न आवश्यक छ ।

https://youtube.com/watch?v=SdJp7ZmxB9g

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : ०० बजे

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका