३८६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

३८६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २८८ कोरोना संक्रमितको आईसीयूमा र ९८ को भेन्टिलेटरमा गरी कुल ३८६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४२ जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १५७ जना आईसीयूमा र ५९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३६ जना आईसीयूमा र २ भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ४० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ०० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको