३८६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

३८६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २८८ कोरोना संक्रमितको आईसीयूमा र ९८ को भेन्टिलेटरमा गरी कुल ३८६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४२ जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १५७ जना आईसीयूमा र ५९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३६ जना आईसीयूमा र २ भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ४० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ०० बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक