साम्राज्ञीको ‘माया पिरेम’ टिकटक बनाउनेलाई १ लाख पुरस्कार « Khabarhub

साम्राज्ञीको ‘माया पिरेम’ टिकटक बनाउनेलाई १ लाख पुरस्कार


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको गीत ‘माया पिरेम’ मा टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिइने भएको छ । निर्माण पक्षका अनुसार हालसम्म २० लाखभन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्री इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजकले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने समयावधि निर्धारण गरेको छ ।

प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौ हुनेले १५ हजार, सातौ हुनेले १२ हजार, आठौ हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ ।

डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ३८ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले