गण्डकी प्रदेशभित्रका गाडी भाडा तोक्न समिति गठन « Khabarhub

गण्डकी प्रदेशभित्रका गाडी भाडा तोक्न समिति गठन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा निर्धारण गर्न सिफारिस समिति गठन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिले भाडा बढाउन हुने वा नहुने, बढाउँदा कसरी बढाउने भन्ने सिफारिस गर्ने छ । यसअघि संघीय सरकारले दुई प्रदेशबीचको सवारी भाडा २८ प्रतिशत बढाएको थियो । प्रदेशभित्रका गाडीहरूले पनि सोही अनुपातमा भाडा लिँदै आएका छन् ।

‘संघ सरकारले आफ्नो मात्रै अधिकार क्षेत्रभित्र रहेर भाडादर कायम गर्यो । प्रदेशभित्रको भाडा तोक्ने अधिकार प्रदेश सरकारलाई छ,’ प्रवक्ता कुमार खड्काले भने, ‘भाडादर समायोजन गर्न कै लागि समिति बनेको हो ।’ प्रलेश १ र बागमती प्रदेशको भाडा यसअघि नै समायोजन भइसकेको छ ।

हेलिकोप्टर दुरुप्रयोग रोक्न पनि समिति गठन

सरकारले हेलिकोप्टर दुरुपयोग रोक्नका लागि पनि समिति बनाएको छ । पर्यटन मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको समिति गठन गरिएको हो । बाढी पहिरो र अनुगमनका नाममा मन्त्री र सचिवहरूले आफुखुशी हेलिकोप्टर लिएर हिड्न थालेपछि त्यसलाई रोक्न प्रयास गरिएको हो ।

‘अब कामको प्रकृति हेरेर अति आवश्यक भए मात्रै हेलिकोप्टर चढ्न पाईन्छ,’ उनले थपे, ‘समितिले स्वीकृति दिएपछि मात्रै हेलिकोप्टर प्रयोग गर्न मिल्छ ।’ १ असारको बाढीपछि मनाङ भ्रमण गएका मुख्यमन्त्रीले चढेको हेलिकोप्टर भाडा अझै सरकारले तिरेको छैन ।

मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश र स्थानीय तहबीच विवाद समाधान गर्न र समन्वय कायम गर्न बनाएको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ३० बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक