एमालेमा १० बुँदेले बल्झियो विवाद « Khabarhub

एमालेमा १० बुँदेले बल्झियो विवाद


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत दर्ज गरेका छन् । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई लत्याएपछि रावलले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेका हुन् ।

‘१० बुँदे सहमति कार्यान्वयनका लागि बिहीबार कार्यदलको बैठक बसेर सुझावहरू तयार पारेको थियो । स्थायी कमिटीमा धेरै सदस्यले कार्यान्वयन गर्दै जाने भनेको तथा सौहार्दपूर्ण छलफल भए पनि अन्तिममा पार्टी अध्यक्षले निष्कर्ष सुनाउँदा भएका सबै छलफलहरू, १० बुँदे सहमति, अपानिभन्दा भिन्न र अमिल्दो किसिमले उहाँले त्यसको कार्यान्वयन नगर्ने किसिमले कुरा राख्नुभएकाले मेरो त्यसप्रति सहमति हुन सकेन । पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु’, उनले भने ।

रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलको संयोजकबाट राजीनामाको घोषणासमेत गरेका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् । ‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ’, उनले भने ।

पार्टीको निर्णय नै नमान्ने र सुझावहरूलाई कार्यान्वयन गर्न अस्वीकार गरेकाले राजीनामा दिएको उनको भनाइ छ । ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु’, उनले भने ।

रावलले १० बुँदे सहमतिविपरीत केन्द्रीय समितिमा मनोनीत गर्ने विषयमा पनि असहमति जनाएका छन् । ‘कुनै छलफल नगरी, विधि पद्धतिबिना दुई जना राख्ने कुरामा असहमति छ’, उनले भने । रावलले आफ्ना लागि महाधिवेशन महत्त्वपूर्ण कुरा नभएको बताए । पार्टी एकताबद्ध बनाउने कुरा ठूलो भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ०१ बजे

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो