एमालेका विभिन्न कमिटीमा अधिवेशनको तयारीमा जुटे « Khabarhub

एमालेका विभिन्न कमिटीमा अधिवेशनको तयारीमा जुटे


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन् । शाखा अधिवेशन शनिबार सुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ ।

यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ । पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ । मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ । एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम शनिबार देशभर वडा अधिवेशन भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : १८ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६