आखिर किन पड्किन्छ फिल्म सुटिङमा गोली ! | Khabarhub Khabarhub

आखिर किन पड्किन्छ फिल्म सुटिङमा गोली !


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीका सामु दिएको बयानलाई आधार मान्ने हो भने अभिनेता एलेक्स बाल्डविनको हातमा सहायक निर्देशकले थमाएको बन्दुक सुरक्षित भएकोमा उनी ढुक्क थिए । उनी जति नै ढुक्क भए पनि त्यही बन्दुकबाट निस्केको गोलीले सिनेमाटोग्राफर हाल्यना हुटचिन्सको देहलीला समाप्त भयो । रस्ट फिल्म सुटिङको सिलसिलामा अमेरिकामा यो दुःखान्त भएको हो ।

बाल्डविनले अनुसन्धानमा सहयोग गर्न आफू तत्पर रहेको जनाएका छन् । सिने उद्योगमा यस किसिमको दुर्लभ र दुःखद घटना भएको एक साता पनि भएको छैन । घटनाको दुई दिनपछि बाल्डविनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्,  ‘यस दुखद  घटनाका कारण कसैले आमा र  कसैले श्रीमती गुमाए, हामीले एक सहकर्मी गुमाएका छौँ ।’

गत बिहीबारको उक्त घटनामा बाल्डविनको हातबाट छुटेको बन्दुकको गोलीले ४२ बर्सिया हाल्यनाको मृत्यु भएको हो । रिहर्सल भइरहेको समयमा उनको पछाडि रहेका  निर्देशक ४८ वर्षीय जोल साउजा घाइते भएकी छिन् ।

प्रहरी पनि के कुराको नजिक पुगेको छ भने सहायक निर्देशक डेभिड हल्सले वाल्डविनलाई बन्दुक थमाउँदा सक्कली गोली नभएकोमा विश्वस्त तुल्याएका थिए । यसपछि वाल्डविनले प्रहार गरेका गोली हाल्यनाको छातीमा लागेको थियो । उनी अस्पतालमा  मृत घोषित भइन्  ।

यसअघि पनि बन्दुकको सुरक्षा तथा कोभिड सुरक्षा दुवैको कारण जनाउँदै धेरैले फिल्म युनिट छाडेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका छन् । ज्यानै जाने यस खालको दुर्घटना हुनुअघि छाड्नेमा हाइ प्रोफाइल कलाकार नभएर  युनिटका सामान्य कर्मचारी भएका कारण धेरै चर्चा भएन ।

सुरक्षासम्बन्धी समाचार प्रकाशमा आएपछि रस्ट फिल्मले आफ्नो टिम सुरक्षाको सवालमा गम्भीर भएको तथा ती सबै अफवाहमात्र भएको दाबी गरेको थियो । हाल्यनाको मारिएको आधा घण्टाअघि पनि केही कर्मचारीले युनिट छाडेका थिए ।

त्यहाँ अहिले कसैको विरुद्धमा पनि अभियोग पत्र दर्ता भएको छैन तर प्रहरी प्रशासनले अनुसन्धान जारी राख्ने  जनाएको छ ।

यसरी युनिट छाड्नेहरूले आफूहरूलाई सुटिङ स्थलभन्दा ८० किलोमिटर टाढा राखिएको गुनासो गरेका थिए ।

घटनालगत्तै प्रशासनमा खबर गरिएको थियो । युनिटकै एक सदस्यले बोनाजा क्रिक रन्च पार्कमा सुटिङको समयमा दुर्घटना भएको र तत्काल सहयोग चाहिएको बताएका थिए । खबर गर्ने एक महिलाले दुर्घटनापछि सबैको भागाभाग मच्चिएको बताएकी थिइन् ।

केही दिनसम्म सुटिङ गर्ने तयारीका साथ युनिट त्यहाँ पुगेको थियो । बन्दुक पड्किए पछि प्रहरी प्रशासनले सबै पक्ष आफ्नै निगरानीमा राखेको छ । अभियोगपत्र दर्ता नभए पनि ६३ वर्षीय अभिनेता वाल्डविनलाई  प्रहरीले सोधपुछ गरेको छ ।

निधन भएकी ४२ वर्षीय हाल्याना युक्रेनको राजधानी किभमा जन्मिएकी थिइन् । आर्टिक सर्कलमा रहेको सोभियत सैन्य शिविरमा उनी हुर्किएकी थिइन् । उनले अमेरिकाको लस एन्जलसमा सिनेमासम्बन्धी अध्ययन गरेकी थिइन् ।

सोही समयमा अमेरिकी सञ्चारमाध्यमले उनलाई सन् २०१९ मा ‘राइजिङ स्टार’ को उपमा दिएका थिए । सन् २०२० मा उनी एडम इजिप्ट मोर्टीमरको निर्देशनमा रहेको चलचित्र आर्चेनेमीमा फोटोग्राफी निर्देशक रहेकी थिइन् ।

हल्यानामा सैन्य शिविरमा हुर्कने क्रममा चलचित्र क्षेत्रको मोह जागेको उनलाई बाल्यकालदेखि चिन्नेहरू बताउँछन् । फिल्ममा रुचि भए पनि उनी पत्रकारिताको अध्ययन सकेर पूर्वीयुरोप खोजमूलक पत्रकारितामा सक्रिय भइन् ।

लस एन्जल्स पुगेपछि हाल्यनाको सक्रियता फिल्ममा मात्र नभएर फेसन फोटोग्राफीमा पनि थियो । लस एन्जल्समा सिनेमाटोग्राफर बब प्राइमलाई भेटेपछि उनी अमेरिकी फिल्म इन्स्टिच्युट कन्चरभेटरीमा आबद्ध भइन् । प्राइमको सल्लाहमा उनले त्यहीँ स्नातकोत्तर अध्ययन गरिन् ।

हाल्यनाले पछिल्लो समय काम गरेका डार्लिन, ब्लान्ड फायर र म्याड हेटर अत्यन्त चर्चामा छन् ।

हलिउडमा फिल्म सुटिङमा गोली पड्केर फिल्मकर्मी मरेको घटना यो नै पहिलो होइन । सम्भवतः अन्तिम पनि हुने छैन । हरेका घटनाले तनाव र चोट दुवै दिने गरेको छ । यतिबेला सिङ्गो हलिउड शोकाकुल छ ।

६३ वर्षीय वाल्डविन अमेरिकी सिने उद्योगका लोकप्रिय र सफल कालाकारको रूपमा स्थापित छन् । कमेडियन र फिल्म निर्माता रहेका उनी राजनीतिमा समेत सरिक छन्  । सन् १९८८ मा रिलिज भएको टिम ब्रटनको ‘ब्रिटी जुस’, माइक निकोलासको वर्कीङ गर्ल र  मेरिड टु ड मब उनका अत्यन्त सफल र चर्चामा रहका चलचित्र हुन् ।

वाल्डविन चार दाजुभाइ नै अभिनेता हुन् । यीमध्यका एलेक्स जेठा हुन् । उनै ज्येष्ठ  वाल्डविन सन् २००६ देखि २०१३ को समयमा अत्यन्त सफल रहे ।

वाल्डविनले सोही समयमा तीन पटक प्राइम टाइम एमी अवार्ड, तीन पटक गोल्डेन ग्लोब अवार्ड र सात पटक स्क्रिन एक्टर गुयल्ड अवार्ड पाए ।

सिने इतिहासमा सात पटक उक्त अवार्ड पाउने उनी पहिलो अभिनेताको रूपमा उनका् कीर्तिमान समेत रहेको छ ।

सन् १९८७ मा बनेको फरएभर एलेक्सको पहिलो फिल्म थियो । सन् १९९० मा हन्ट फर रेड अक्टोबरमा लिड रोल गरेपछि उनको वाहवाही हुन थालेको हो । यसपछि नै उनलाई लिड रोलको प्रस्ताव धेरै आउन थालेको हो ।

सन् १९९१ मा फिल्म म्यारिङ म्यानमा सँगै अभिनय गरेकी किम वासिङगरसँग पछि उनले विवाह गरे ।

थुप्रै सुरक्षा मापदण्ड अपनाउनुका बाबजुद यसरी सुटिङकै क्रममा बन्दुक पड्किएर मान्छे मरेको घटना पहिला पनि भएका हुन् ।

सन् १९९३ मा ‘द क्रो’ को सुटिङको क्रममा ब्रुस लीका छोरा ब्रान्डन लीको यसै गरी निधन भएको थियो । सन् १९८४ मा अभिनेता जोन एरिक हेक्सम सुटिङको दौरान बन्दुक चलाउँदै बसेका थिए । खाली ठानेर जिस्कँदा आफ्नै टाउकोमा गोली लागेर उनको ज्यान गएको थियो ।

ब्रुस लीका छोरा ब्रान्डन लीलाई ९० को दशकको सुरुवातमै संसारमा प्रभाव जमाउने तथा बाबुकै जस्तो स्टार बन्ने सम्भावना भएका अभिनेताको रूपमा धेरैले हेरेका थिए । अभिनय, मार्सल आर्ट र सुन्दर अनुहार ब्रान्डनका विशेषता थिए ।

तिनै ब्रान्डन ‘द क्रो’ को रिलिजसँगै स्टारको रूपमा उदाउने अनुमान थियो । यो नै उनको ब्रेक थु्र फिल्म रहने र संसारमा नयाँ सुपर स्टारको उदय हुने अनुमान थियो । दुर्भाग्य ! यो फिल्म पूरा हुन नपाउँदै उनले यो संसार छाडे ।

आठ वर्षको उमेरमा ब्रान्डनले बाबु ब्रुस लीलाई गुमाएका थिए । तिनै ब्रान्डनले बाबुको पथ पछ्याउनकै लागि इमसर्न कलेजमा कलाको विषय अध्ययन गरेका थिए ।

अमेरिकामा क्रोमा अभिनय गर्ने अवसर पाउनु र सो दुर्घटना हुनु धेरैअघि नै सन् १९८६ मा उनले हङकङ एक्सन चलचित्र लिगेसी अफ रेजको लिड रोल गरेका थिए । यसका साथै डाउन इन लिटल टोकियो र लिटल फायरमा उनको अभिनय र एक्सनले धेरैलाई प्रभाव पारेको थियो ।

बान्डनले २८ वर्षको उमेरमै आफ्नो जीवन गुमाए, फिल्म क्षेत्रले एक होनहार प्रतिभा गुमायो ।

सन् १९५७ मा जन्मिएका अभिनेता जोन एरिक एन्समले पनि यसै खाले नियति भोगेका थिए । सन् १९८४ अक्टोबर १८ का दिन उनी आफैँले चलाएको बन्दुक टाउकोमा पड्केर मरेका हुन् ।

अक्टोबर १२ को दिन गोल्डन अपच्र्युनर्टी सिरिज मुभीको सातौँ संस्करणको सुटिङ भइरहेको थियो । सुटिङ निर्धारित समय तालिकाभन्दा ढिला भएकाले एरिक बेचैन थिए । बेचैनीका कारण मन बहुलाउन उनले बन्दुकसँग खेल्दै थिए ।

त्यही बन्दुकको गोलीले घाइते भएका उनले वेभर्ली हिल्स मेडिकल कलेजमा उपचारका क्रममा छैठौँ दिन २६ वर्षको उमेरमा जीवन त्यागे ।

सुटिङमा रहेको बन्दुकमा कसरी गोली भरियो भन्ने चासो बढेको छ । हलिउडमा यो समस्या पहिलेकै हो । अहिलेको यो समस्याले हाल्यनाको ज्यान लियो । सिङ्गो सुटिङ युनिटलाई शोकाकुल बनायो भने अभिनेता एरिक वाल्डविनको जीवनमा अर्को सङ्कट थपेको छ ।

वाल्डविन निर्दोष छन् कि दोषी भन्ने कुरा अनुसन्धानले पत्ता लगाउने नै छ । उनलाई यो घटनाले केही समय तनाव र चोट दुवै दिएको छ । सिङ्गो हलिउड क्षेत्र शोकाकुल छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर