काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक जारी छ । केही समयअघि सर्वोच्च अदालतमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक अन्य न्यायाधीशहरू सहभागी छन् ।
बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।
१४ जना न्यायाधीशहरू छलफलमै रहेको र संभवत बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गर्ने एक न्यायाधीशले जानकारी दिए । खबरहबसँग कुराकानी गर्दै ती न्यायाधीशले भने, ‘नैतिकता गुमाइसकेका प्रधानन्याधिसको बैठकमा सहभागी भएर कुनै अर्थ छैन भन्ने अधिकांश न्यायाधिसहरुको तर्क छ।’
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका छन् । उनीमाथि राजीनामा दिन दबाब परेको छ ।
प्रतिक्रिया