सर्वोच्चका न्यायाधीशहरूको बैठक जारी, फुलकोर्टमा सहभागी नहुने तयारी « Khabarhub

सर्वोच्चका न्यायाधीशहरूको बैठक जारी, फुलकोर्टमा सहभागी नहुने तयारी


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक जारी छ । केही समयअघि सर्वोच्च अदालतमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक अन्य  न्यायाधीशहरू सहभागी छन् ।

बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।

१४ जना न्यायाधीशहरू छलफलमै रहेको र संभवत बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गर्ने एक न्यायाधीशले जानकारी दिए । खबरहबसँग कुराकानी गर्दै ती न्यायाधीशले भने, ‘नैतिकता गुमाइसकेका प्रधानन्याधिसको बैठकमा सहभागी भएर कुनै अर्थ छैन भन्ने अधिकांश न्यायाधिसहरुको तर्क छ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका छन् । उनीमाथि राजीनामा दिन दबाब परेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ०२ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित