४ वर्षपछि भएको पुनः मतगणनामा नतिजा उल्टियो « Khabarhub

४ वर्षपछि भएको पुनः मतगणनामा नतिजा उल्टियो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना भएको थियो ।

रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ३८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट