दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते « Khabarhub

दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना परेको छ । दुर्घटनामा परेर २८ वर्षकाका घोराही(१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट