मिनी ट्रकको ठक्करमा एकको मृत्यु « Khabarhub

मिनी ट्रकको ठक्करमा एकको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदा गरेको प्र नं ३–०१–००३ क ५०६५ नंको मिनी ट्रकसँग आइतबार ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ ।

घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मोटरसाइकल चालक मोटरसाइकल चालक चाँगुनारायण नपा–५ छालिङ १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज भएको छ ।

मिनी ट्रक चालक भक्तपुर नपा–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ०८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट