मिनी ट्रकको ठक्करमा एकको मृत्यु « Khabarhub

मिनी ट्रकको ठक्करमा एकको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदा गरेको प्र नं ३–०१–००३ क ५०६५ नंको मिनी ट्रकसँग आइतबार ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ ।

घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मोटरसाइकल चालक मोटरसाइकल चालक चाँगुनारायण नपा–५ छालिङ १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज भएको छ ।

मिनी ट्रक चालक भक्तपुर नपा–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ०८ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित