देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु « Khabarhub

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ ।

कांग्रेसकै नेता शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । प्रदेश १ को सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने आफ्नो अडान रहेको उनले सुनाएका थिए ।

प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् । अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए ।

ती आक्रोशित सांसदहरूले आइतबारको संसद् बैठकमा ‘फ्लोर क्रस’ गर्न सक्ने सम्भावना देखिएको थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चस्व भएकाले ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आइतबारको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए ।

१० बजे सभामुख प्रदीपकुमार भण्डारीलाई कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइतबार बस्ने भनिएको बैठक सार्न भन्दै सहयोगीमार्फत पत्र पठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले पनि १५ गतेसम्मका लागि बैठक स्थगन गर्न माग राख्दै निवेदन सभामुखलाई दिएका थिए ।

आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा प्रदेश १ को भ्रमणमा आएको मौका छोप्दै आइतबारको संसद् बैठक रोक्न कोइराला खेमाका सांसदहरूले निवेदन दिएको कांग्रेसकै सांसदहरूको भनाइरहेको छ ।

प्रधानमन्त्री प्रदेश १ मा आएकाले सांसदहरू व्यस्त भएको भन्दै निवेदन दिए पनि कांग्रेस संसदीय दलको बैठकमा भने सबै सांसदको सहभागिता रहेको थियो । तर कांग्रेस कोइराला खेमाका सांसदले भने गठबन्धन निर्णय मान्ने भन्न भने छाडेका छैनन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस भित्रै केही आन्तरिक समस्या देखिएकोले बैठक स्थगन गर्न माग गरिएको बताएका छन् ।

यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् ।

‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा बस्नु भएको थियो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘पाटीको अधिवेशन तथा स्थायी कमिटी बैठक १३ गते सम्म रहेको छ १४ गते आउने समय राखेर कात्तिक १५ गतेसम्मका लागि बैठक रोक्न निवेदन दिएका हौं ।’

प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार पेस गरेका थिए । आइतबार छलफल र मतदान गर्ने तयारी थियो । न्यूजकारखाना

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : २७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज