असोजदेखि अहिलेसम्म कति भए ? मानव अधिकार उल्लङ्घनका घटना « Khabarhub

असोजदेखि अहिलेसम्म कति भए ? मानव अधिकार उल्लङ्घनका घटना


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज महिनामा ७४ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले असोज महिना र कात्तिक ७ गतेसम्मको घटनालाई विश्लेषण जारी आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा २० पुरुष र ५४ महिला गरी गरी ७४ जना व्यक्तिमाथि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको उल्लेख छ ।

इन्सेकको तथ्याङ्कअनुसार वाग्मती र लुम्बिनी प्रदेशमा १६/१६, प्रदेश २ मा १४, प्रदेश १ मा ११, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ र गण्डकी प्रदेशमा पाँच जना पीडित भएको उल्लेख छ । असोजमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको छ । यो अवधिमा पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएको छ । यो अवधिमा दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको छ ।

असोजमा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा सात, घाइते दुई, दुव्र्यवहारका घटनामा चार जना पीडित भएको इन्सेकले जनाएको छ । बालअधिकार उल्लङ्घनका घटनामा २६ जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा १६ जना पीडित भएका छन् भने बालअधिकार उल्लङ्घनका घटनामा परी २६ जना बालिका पीडित भएका छन् ।

अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा १९, यौन दुव्र्यवहारका घटनामा ६, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका थिए । त्यसैगरी बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा ६, यौन दुव्र्यवहारको घटनामा एक, बेचबिखन, बेचबिखन प्रयास र घरेलु हिंसाका घटनामा एक-एक जना महिला पीडित भएका उल्लेख छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : १८ बजे

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू