बालबालिकाविरुद्धको कसुरमा विदेशी नागरिक पक्राउ | Khabarhub Khabarhub

बालबालिकाविरुद्धको कसुरमा विदेशी नागरिक पक्राउ


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले बताए । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ०२ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको