न्यायालय जोगाउन प्रधानन्यायाधीशले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन (भिडियोसहित) « Khabarhub

न्यायालय जोगाउन प्रधानन्यायाधीशले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन (भिडियोसहित)


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’ मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ । तर प्रमुख राजनीतिक दलहरु भने यस विषयमा मौन छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३० बजे

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका