न्यायालय जोगाउन प्रधानन्यायाधीशले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन (भिडियोसहित) « Khabarhub

न्यायालय जोगाउन प्रधानन्यायाधीशले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन (भिडियोसहित)


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’ मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ । तर प्रमुख राजनीतिक दलहरु भने यस विषयमा मौन छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३० बजे

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि

सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह (तस्बिरहरू)

काठमाडौं– आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’