रेड पाण्डाको छालासहित पाँच जना पक्राउ « Khabarhub

रेड पाण्डाको छालासहित पाँच जना पक्राउ


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रेड पाण्डाको छालासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय युवक लामा, नुवाकोटका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाका २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोकका २० वर्षीय सुभाष गिरी र रसुवाका २० वर्षीय दावा घले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

चाबहिलस्थित सत्कार क्याफेबाट अन्दाजी ९० सेन्टिमिटर लम्बाइ र १५ सेन्टिमिटर चौडाइ आकारको उक्त छाला बिक्री गर्ने उद्देश्यले सो क्याफेमा गएका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

उनीहरूका साथबाट रेड पाण्डाको  छालाका साथमा विभिन्न ब्राण्डका ६ थान मोबाइल पनि बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : १० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं