लागुऔषधसहित तीन पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित तीन पक्राउ


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले जिल्लाको औरही नगरपालिका–४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १० बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा