राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक | Khabarhub Khabarhub

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएपछि सर्वोच्च अदालतका १५ न्यायाधीश छुट्टै छलफलमा जुटेका छन् ।

मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बरु विवादमा तानिएका सबैले राजीनामा दिए आफू त्यसका लागि तयार रहेको  बताएपछि न्यायाधीशहरु फेरि छलफलमा जुटेका हुन् । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको कक्षमा जारी १५ न्यायाधीशको छलफलमा अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्नेछ ।

छलफलमा सहभागी सर्वोच्च अदालतका एक न्यायाधीशले नाम नबताउने शर्तमा भने– प्रधानन्यायाधीश राणाले न्यायीक प्रक्रिया नै अवरुद्ध हुँदा समेत पद छाड्ने कुनै संकेत गर्नुभएन, उहाँलाई सबैले नेतृत्व मान्नै नसक्ने अबस्थामा समेत उहाँ त फैसलाको आधारमा त सबै दोषी होलान्, आफू एक्लैले किन छाड्ने, छाड्ने भए विबादित सबैले सामूहीक राजीनामा दिउँ भन्ने प्रकृतिको धारणा राख्नुभयो, उहाँमा न्यायीक संवेदनशीलता र जिम्मेवारीता केही पनि रहेनछ त्यसैले हामी आन्तरिक छलफलमा जुटेका छौँ,’ ती न्यायाधीशले  भने, ‘हामीलाई उहाँले नै मार्ग प्रशस्त गर्नुहुन्छ होला भन्ने लागेको थियो उहाँ त अझैपनि संस्थाको गरिमा जोगाउँने भन्दा प्रश्न सबैकाबारे उठेका छन्, सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु भन्नुहन्छ । उहाँमा संस्थाभन्दा व्यक्तिगत स्वार्थनै हाबी रहेछ, संस्थाको विश्वसनियता र गरिमानै नै डुब्न लाग्दासमेत कुनै जिम्मेवारीबोध नदेखिएकाले छलफलमै छौँ।’

छलफलमा वरिष्ठतम न्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान र तेजबहादुर केसी बुधबार दिउँसोसम्म भ्रमण छोट्याएर आइपुग्दैछन् । उनीहरुले पनि सामूहीक निर्णयमा ऐकेबद्धता जनाउने जानकारी गराइसकेको छन् ।

अमेरिकामा रहेका न्यायाधीश ईश्वर खतिवडाले पनि राणाले राजीनामा दिनुपर्ने सबै न्यायाधीशहरुको धारणामा सहमति जनाएका छन् । सर्वोच्च अदालतमै एक्लीएका राणा भने वर्तमान सत्तारुढ गठबन्धनले महाअभियोग या अन्य कदम नचाल्ने बचन दिएकाले राजीनामा नगर्ने अडान राख्दै आएका छन् ।

चौतर्फी दबाब र न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीश राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकट देखिएको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : २३ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु