मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन (भिडियो) « Khabarhub

मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन (भिडियो)


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरी कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरि मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरी सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।

उनले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिएको समेत जानकारी दिए । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उनले बताए ।

पौडेलले फरक प्रसंग न्यायलयमा बनेको असहज परिस्थिति चिन्ताजनक भएको पनि बताएका छन् ।

कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ३४ बजे

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई