४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको « Khabarhub

४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको

७ हजार ४८२ संक्रमितको मृत्यु


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ३९९, बेलायतमा ४० हजार ९५४, रुसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, भारतमा १३ हजार ५०९ र ब्राजिलमा १३ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ७९ हजार ६०१ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ३४, टर्कीमा ३१ हजार ४६७, रुसमा २६ हजार ९७३, बेलायतमा २६ हजार ३१७, ब्राजिलमा २१ हजार ४५४ र भारतमा १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा ७ हजार ४८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ४५६, रुसमा एक हजार १०६, भारतमा ५८४, ब्राजिलमा ४०९, बेलायतमा २६३ र टर्कीमा २१५जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ पुगेको छ । तीमध्ये २२ करोड २३ लाख २९ हजार ४५ जना निको भइसकेका छन् भने ४९ लाख ७८ हजार १९८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : ४५ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा