सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीकै जस्तो हालत बनाउने चेतावनी « Khabarhub

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीकै जस्तो हालत बनाउने चेतावनी


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ । बाबा सिद्दिकी हत्याकाण्डमा वान्टेड रहेका जिशान अख्तरको नामबाट उनलाई भ्वाइस म्यासेज पठाउँदै ज्यान मार्ने चेतावनी दिइएको हो ।

पछिल्लो समय बलिउड कलाकारलाई निशाना बनाएर धम्की दिने घटनाक्रम बढिरहेका बेला सैफलाई आएको यो धम्कीले थप सुरक्षा चिन्ता बढाएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सैफलाई प्राप्त भ्वाइस म्यासेजमा बाबा सिद्दिकीको जस्तै हालत बनाइदिने चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘उनको पनि बाबा सिद्दिकीको जस्तै हालत हुनेछ ।’

धम्की सार्वजनिक भएपछि मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । तर, यो धम्की वास्तवमै जिशान अख्तरले दिएका हुन् वा कसैले उनको नाम प्रयोग गरेर सैफलाई डराउन खोजेको हो भन्ने अझै स्पष्ट भएको छैन ।

प्रहरीले यसमा अर्को सम्भावनालाई पनि ध्यान दिएको छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर अरूको आवाज नक्कल गर्न सकिने भएकाले कसैले एआईमार्फत जिशान अख्तरको आवाज बनाएर धम्की दिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले भ्वाइस म्यासेजको सत्यता र त्यसको स्रोत पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सैफलाई आएको यो धम्की पछिल्ला केही सातामा बलिउड कलाकारलाई लक्षित गरी दिइएका धम्कीमध्ये पछिल्लो घटना हो । यसअघि अभिनेता अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि यस्तै प्रकृतिका धम्की आएको थियो ।

लगातार कलाकारहरूलाई धम्की आउन थालेपछि बलिउडमा सुरक्षा चिन्ता बढ्दै गएको छ। विशेषगरी चर्चित व्यक्तिहरूलाई आपराधिक घटनासँग जोडिएका व्यक्तिको नाम प्रयोग गरेर धम्की दिने प्रवृत्तिले प्रहरी अनुसन्धानलाई समेत थप चुनौतीपूर्ण बनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : ३८ बजे

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनबारे निर्वाचन आयोगले

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीकै जस्तो हालत बनाउने चेतावनी

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार

बर्लिन- युक्रेनमा जारी युद्ध अन्त्यका लागि युरोपेली नेताहरूले रुससँग वार्ता गर्न

प्रधानमन्त्री बालेन आइतबार दिल्ली जाने, के-के छन् कार्यक्रम ?

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा जाने

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौँ– पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित,