इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु « Khabarhub

इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् ।

आज पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

प्रधानन्यायाधीश राणाले आजलाई ११ इजालास तोकेका थिए। त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन्। ​

उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन्।

आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाधीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले भने ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : १९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर