इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु « Khabarhub

इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् ।

आज पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

प्रधानन्यायाधीश राणाले आजलाई ११ इजालास तोकेका थिए। त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन्। ​

उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन्।

आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाधीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले भने ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : १९ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको