हड्डीको क्यान्सरका बिरामीलाई ट्रमा सेन्टरमा एक लाख सहुलियत « Khabarhub

हड्डीको क्यान्सरका बिरामीलाई ट्रमा सेन्टरमा एक लाख सहुलियत


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउने हड्डीको क्यान्सर भएका बिरामीले सरकारी सहुलियत पाउने भएका छन् ।

गत बैशाख २३ गते स्वास्थ्य मन्त्रालयमा भएको सचिवस्तरको निर्णयले ट्रमा सेन्टरमा उपचार गराउने हड्डीमा क्यान्सर भइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा एक लाखसम्मको सहुलियत दिने निर्णय गरेको हो ।

हड्डीमा क्यान्सर भएर शल्यक्रिया गर्नुपर्ने बिरामीले अब ट्रमा सेन्टरमा उपचार गराउँदा विपन्न नागरिक कोषमार्फत एक लाखसम्मको सहुलियत पाप्त गर्नेछन् । यसअघि ट्रमा सेन्टरमा उपचार गराउने स्पाइनल इन्जुरी र हेड इन्जुरीका बिरामीले मात्रै उपचारमा सहुलियत पाउने गरेका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा वार्षिक १ सय जना हड्डीको क्यान्सर भएका बिरामीले उपचार सेवा पाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ०६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा