मगन्ते निरुत्साही पार्दै प्रहरी « Khabarhub

मगन्ते निरुत्साही पार्दै प्रहरी


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ ।

देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् । विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

विशेष गरी चाडबाड लक्षित गरी भारतीय बजारबाट यस्ता मगन्ते हरेक वर्ष वीरगञ्ज आउने गर्दछन् । मगन्तेलाई सार्वजनिकस्थलमा सर्वसाधारणलाई पैसा माग गरी दुःख दिने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निरुत्साहित गर्न यस्तो अभियान चलाएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : १५ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७