बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ « Khabarhub

बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरा – सिरामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।

व्यक्तिगत रिसिइबीका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ४२ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी