ललितपुरमा शुक्रबारदेखि गोदावरी मेला « Khabarhub

ललितपुरमा शुक्रबारदेखि गोदावरी मेला


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी शुक्रवारदेखि ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

साथै यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आगनभरी’ रहेको छ ।

मेलामा व्यावसायिक स्टल ४४ र सूचनामुलक ४ गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले बताए ।

मेलामा पुराना तथा नयाँ प्रजातीका फूल विरुवासमेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।

मेलामा सहभागि नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने व्यवस्था छ ।

मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ५० लाखको व्यावसायिक कारोबार हुने फ्यानको अपेक्षा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : ४२ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय