मुलुकको समृद्धिका लागि व्यवसायको प्रवर्द्धन अनविार्य : नेता पाण्डे | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि व्यवसायको प्रवर्द्धन अनविार्य : नेता पाण्डे


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवर्द्धन गरेर मात्रै मुलुक समृद्ध बनाउन सकिने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पाण्डेले मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवर्द्धन गरेर अघि बढने खालको आर्थिक नीति तथा बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको तर्क गरे ।

त्यस्तै, कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने मुलुकलाई समृद्ध बनाउन सडकको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले पूर्वाधारको विकास गरेर मुलुकमा कायम रहेको आर्थिक वृद्धिदरलाई दीगो बनाउन सकिने पनि स्पष्ट पारे ।

पूर्व अर्थमन्त्री कोइरालाले सरकारले रेल सेवामा भन्दा पनि सडक यातायातको विकासमा जोड दिएर आवश्यक योजना तय गर्नुपर्ने औल्याएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ३१ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र